२०७७ मङ्सिर ८ गते सोमवार
२०७७ मङ्सिर ८ गते सोमवार

लमहीमा स्कारपियोले ट्याक्टरलाई ठक्कर दिँदा एकजना घाईते

स्कारपियोले ट्याक्टरलाई ठक्कर दिँदा दाङमा एकजना घाईते भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा शनिबार बिहान पौने ११ बजे स्कारपियोले ट्रेक्टरलाई ठक्कर दिँदा ट्रेक्टर चालक कप्तानगञ्ज निवासी ३८ बर्षिय लिला बहादुर कुमाल घाईते भएका हुन् । घाईतेको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ ।

लमहीबाट नेपालगञ्ज जाँदै गरेको बा१३च ९३५६ नम्बरको स्कारपियोले रोड क्रस गर्दै गरेको रा१त १२६३ नम्बरको ट्रेक्टरलाई ठक्कर दिएको हो ।

स्कारपियोको ओभर स्पिडका कारण दुर्घटना भएको बताइएको छ ।