२०७७ मङ्सिर ८ गते सोमवार
२०७७ मङ्सिर ८ गते सोमवार

तुलसीपुरमा पत्रकारसहित थप १३ जनामा कोरोना पुष्टि

तुलसीपुरमा श्पत्रकार सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिबर क्लिनिकबाट लिएको स्वाव मध्य थप १३ जनाको रिर्पाट पोजेटिभ आएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले बताए ।

संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३ जना, वडा नं. ६ का ४ जना, वडा नं. १२ का एक जना, वडा नं. १५ का एक जना, वडा नं. १७ का दुई जना, वडा नं. १८ का एक जना र वडा नं. १९ का एक जना रहेका छन्, भने फलोअपमा वडा नं. ७ का एक जना, वडा नं. ६ का एक जना र वडा नं. १४ का एक जना रहेका छन् ।

योसंगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या ६९२ पुगेको छ ।

कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।