२०७७ मङ्सिर ८ गते सोमवार
२०७७ मङ्सिर ८ गते सोमवार

म पार्टी एकताको पक्षमा छु : उपाध्यक्ष गौतम

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता हुनु र फुट्नु सृष्टिको नियम भएको बताएका छन् । दाङको तुलसीपुरमा भएको पार्टीका नेता तथा कार्यकर्तासंगको भेटमा उनले पछिल्लो समय पार्टी भित्र देखिएका समस्याको विषयमा बोल्दै पार्टी एकता भएपछि फुट्न पनि सक्ने बताए ।

आफु सधै पार्टी एकताको पक्षमा भएको स्पष्ट पार्दै उपाध्यक्ष गौतमलले एकतापछि फुट्नु र जन्मेपछि मर्नु सृष्टिको नियम भएको बताए । पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पाना आफ्नो सपना भएको बताउदै ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा दरोका साथ मिलाउने पक्षमा रहेको बताए । आफुले अहिलेसम्म कुनै गुटवन्दी नगरेको दाबी गदैै सबै यतिबेला पार्टी एकताको पक्षमा हुनुपर्ने बताए ।

उपाध्यक्ष गौतम दाङको हापुरमा आफन्तको घरमा व्यक्तिगत भेटघाटका लागि आएका थिए ।

सो अवसरमा नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भिरतका साथ लाग्न सुझाव दिए ।

सो अवसरमा तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले दंगाली जनताको चाहना पार्टी एकता नै भएको बताउँदै समग्र तुलसीपुरको परिचयसमेत गराएका थिए ।