२०७७ मङ्सिर ८ गते सोमवार
२०७७ मङ्सिर ८ गते सोमवार

रुपन्देहीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

सियारी गाउँपालिका ४ की ६५ वर्षीया महिलाको शनिबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए ।
उनका अनुसार गत कात्तिक २३ गते ती महिलालाई कोरोना पोजिटिभ देखिएपछि नतिजा २४ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।