दंगिशरण गाउँपालिकाका विभिन्न वडामा सचेतनामूलक बोर्ड राखिएको छ । दंगीशरण गाउँपालिका स्तरीय युवा संजालले दंगीशरण गाउँपालिकाका विभिन्न वडामा सचेतनामूलक बोर्ड राखेको हो ।
दंगीशणका नागरीकहरु चेतनशिल मात्र नभई ब्यवहारीक नागरीक बनुन् र सभ्य समाजको निर्माण होस् भन्ने उद्धेश्यले सचेतनामूलक बोर्ड राख्ने कार्य गरेको युवा संजालले जनाएको छ । दंगीशरण गाउँपालिका वडा न. १ को गोल्टाकुरी र बाँकी, वडा न. २ को कौवाँघारी र सरुवाडाँडा, वडा न। ५ को पोटली चौक, वडा न. ६ को श्रीगाउँ, वडा न. ७ को बोकटीमा बोर्ड राखीएको संजाललका अध्यक्ष सीएम विश्वकर्माले जानकारी दिए । ट्राफिक नियम, लागु औषध, बाल विवाह, जातीय छुवाछुत लगायत सम्बन्धि बोर्ड राखिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले समय सापेक्ष युवाहरुले सामाजिक गतिविधी गर्दै आएको भन्दै खुसी ब्यक्त गरे । यस प्रकारको युवाहरुको उदाहरणिय कार्यले दंगीशरणको सामाजिक कार्यमा टेवा पुगेको बताए । “हामी यूवाहरुकै साथ चाहन्छौँ तपाईहरु काम गर्नुस सहयोग हामी गछौँ”– अध्यक्ष चौधरीले भने । अध्यक्ष चौधरीले भौतिक विकाशले मात्र दंगीशरणको बिकाश हुदैँन सभ्य समाजका लागि जनचेतनामूलक कार्य पनि आवश्यक रहेको बताए । दंगीशरण गाउँपालिका वडा न. १, वडा न. २, वडा न. ५, वडा न. ६ र वडा न. ७ को वडा कार्यालयले वोर्ड निर्माणका लागि सहयोग गरेको संजालका सचिव प्रविण योगीले जानकारी दिए ।
सो अवसरमा गाउँपालिका प्रवक्ता एंव वडा न. ७ का वडा अध्यक्ष विर बहादुर वली, १ न. वडा अध्यक्ष श्रीप्रसाद चौधरी, २ न. वडा अध्यक्ष तुलसीराम देवकोटा, ५ न। वडा अध्यक्ष दिपक गौतम, ६ न. वडा अध्यक्ष टंक बशादुर वली, वडा सदस्य झेम बहादुर वली, जिल्ला युवा समिती दाङका निःअध्यक्ष शुरेस रावत, युवा नेता जितेन्द्र खड्का, स्थानीय प्रहरी तथा यूवा संजालका सदस्यहरुको सहभागिता रहेको थियो ।