२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्न सिफारिस

फाइल तस्वीर ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउनेलाई १४ दिन अनिर्वाय क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्थल तथा हवाई मार्गबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिन राख्न राख्ने र त्यसअवधिमा लक्षण देखिए मात्र परीक्षण गर्ने व्यवस्था गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको हो ।