प्रतिकात्मक तस्वीर ।
बझाङमा गोठालो गएकी युवतीको भिरबाट लडेर मृत्यु भएको छ।
बुंगल नगरपालिका वडा नम्वर ६ की २० वर्षीया करिस्मा सिंहको मृत्यु भएको हो।
उनी आइतबार दिउँसो गोठालो गएको थिइन्।
भीरबाट करिब १५ मिटर तल खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।
यसअघि मंसिर ३ गते थलाराकी १२ वर्षीया बालिका र दुर्गाथलीकी २७ वर्षीया महिलाको भिरबाटै लडेर ज्यान गएको थियो।