२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

मोटरबाटो मर्मतमा बबईको तिब्रता

बबई गाउँपालिकाले बर्षाका कारण विग्रेका ग्रामिण क्षेत्रका मोटरबाटो मर्मतमा तिव्रता दिएको छ ।

बबई गाउँपालिका अन्तर्गतका विभिन्न ग्रामिण क्षेत्रमा बर्षा कारण मोटरबाटो विग्रने गर्दछन । बर्षा मौषममा बन्द भएका मोटरबाटो मर्मत गरेर मोटर चलाउनु पर्ने बाध्यता रहेको छ । बबईका केही ग्रामिण क्षेत्रका मोटरबाटो मर्मत गरि सकिएको छ भने केही गर्न बाँकी रहेको छ ।

बबई गाउँपालिका वडा नं. ७ ढोलपुर–मलई जोड्ने मोटरबाटो मर्मत भइसकेको छ । बबई १ जौँबारी, भाङाबारी हुँदै गंगटे जाने मोटरबाटो पनि बर्षा मौषम सकिएसंगै मर्मत गरि अहिले सवारी साधन चल्ने भएका छन् । बबई १ मलई (कप्ताने) सिमलकुना, जिला, धौवाघाट, केउरेनी हुदै गंगटे जोड्ने मोटरबाटो मर्मत कार्य जारी रहेको बबई गाउँपालिका प्रेस संयोज प्रेम बहादुर राम्जाले जानकारी दिएका छन ।

सो मोटरबाटोमा पर्ने पुरन्धारा छहरा नजिकैको बबई नदीमा अस्थायी कल्भर्ट निर्माण गरिएको छ । बबई नदिका कारण सवारी साधन चल्न नसक्ने अवस्था भएकाले बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको सक्रियतामा आइतवार अस्थायी कल्भर्ट निर्माण गरिएको हो ।

बबई नदिमा अस्थायी कल्भर्ट निर्माण भएपछि सहजै रुपमा सवारी सधान मलई (कप्ताने), सिमलकुना, जिला, धौवाघाट, केउरेनी लगायतका गाउँमा जान सक्ने बताइएको छ । मोटरबाटो मर्मत भएपछि सहजैरुपमा मोटर चढ्न पाउने पाउने भएका छन् । पैदल हिडेर वडा, गाउँपालिका तथा बजार आउने बाध्यता भोगेका स्थानिय मोटरबाटो मर्मत संगै खुसी भएका छन् । केही स्थानमा भने मोटरबाटो राम्रोसंग मर्मत हुन नसकेको स्थानियले बताएका छन् । ढोलपुर हुँदै मलई जोड्ने मोटरबाटोको केही स्थानमा राम्रो संग मर्मत नहुदा सवारी साधनलाई समस्या परेको स्थानियले बताए । यसलाई मर्मतमा ध्यान दिन गाउँपालिकालाई स्थानियले आग्रह गरेका छन् ।