२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

रोल्पामा कुटपिटबाट एकको मृत्यु

सांकेतिक तस्वीर ।

रोल्पामा कुटपिटबाट एक जनाको ज्यान गएको छ ।

रोल्पा नगरपालिका–५ छाप निबासी २८ बर्षका मोहन विकको कुटपिटबाट सोही ठाउँ बस्ने ५६ बर्षका भिमराज घर्तीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

सामान्य विषयलाई लिएर विकको कुटपिटबाट घाइते भएका घर्तीलाई उपचारका लागि कोहलपुर लग्दै गर्दा हिजो बाटोमा मृत्यु भएको लुम्बिनी प्रदेशका प्रवक्ता राजकुमार वैदवारले जानकारी दिए ।

हत्या आरोपमा विकलाई प्रहरीले दाङको घोराहीबाट पक्राउ गरेको छ ।