२०७७ माघ ७ गते बुधवार
२०७७ माघ ७ गते बुधवार

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किदा २ जनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालीका–७ भलवारी स्थित सिद्वार्थ राजमार्ग सडक खण्डमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु २४ प ७५०६ नम्बरको मोटरसाइकल आइतबार राति आफै अनियन्त्रित भई सडकको डिभाईडर ठोक्किएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय बिकाश चौधरी र मोटरसाइकलको पछाडी सवार सोही ठाउँका २० वर्षीय हरि गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएको दुवै जनाको उपचारको क्रममा आइतबार राति क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।