२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

स्कुटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

फाइल तस्वीर ।

पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–७ डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु५०प ६२१ नम्बरको स्कुटर सोमबार अचानक अनियन्त्रित भई दुर्घटना हुंँदा स्कुटर चालक अन्दाजी २२ वर्षीय जीवन रानाको घटनास्थलमा नै मृत्यु भएको हो ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार स्कटर चालक राना रामपुर –७ डुम्रीगाउँका बासिन्दा हुन् ।