२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख नाघ्यो

फाइल तस्वीर ।

कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९८० संक्रमित थपिँदा ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

उनीहरुमध्ये १३३७ जनाको मृत्यु भएको छ भने २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् ।