सांकेतिक तस्वीर ।
धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया
युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए ।
घटना मंसिर ३ गतेको भए पनि सोमबार साँझ मात्र बाहिर आएको छ ।
पीडितको अहिले एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् भने एकजना अझै फरार छन् ।