२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

कपुरकोट गाउँपालिका अध्यक्ष सेनलाई कोरोना संक्रमण

सल्यान कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनलाई कोरोना संक्रमण देखिएको छ ।

एक हप्तादेखि रुघाखोकी र ज्वरो आएपछि कोरोना परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको हो ।

‘एक हप्तादेखि टायडफाइड, रुघाखोकी र ज्वरोबाट ग्रसित छु । पीसीआर गर्दा पोजेटिभ आएकाले मेरो सम्पर्कमा आएका सबैलाई सुरक्षीत हुन अनुरोध गर्दछु ।’ अध्यक्ष सनेले सामाजिक सञ्जाल आफ्नो फेसवुक वालमा लेखेका छन् ।