२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

नेकपाको विवाद लेनदेनमा अल्झियो : कांग्रेस नेता महर

 

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सत्तारुढ नेकपाको विवाद लेनदेनमा अल्झिएको बताएका छन् ।

नेकपाको अन्तरकलहले मुलुकलाई बर्वादीको बाटोमा लगेको आरोप समेत लगाएका छन्। कोरोना महामारीले मुलुक सामु गम्भीर आर्थिक चुनौती आएका बेला प्रभाव न्युनिकरणको दीर्घकालिन रणनीति बनाउनुपर्नेमा नेकपा लेनदेनको राजनीतिमा अल्झिएको नेता महरले बताए ।

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका नेता महरले नेपाल प्रेस युनियन दाङले आज बुधबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा संकटमा नागरिकले सरकार भएको अनुभूति गर्न नपाएको जिकिर गरे । ‘नागरिकका समस्या र मुलुकको आवश्यकता एकातिर छन्, सरकार अर्कैतिर’ नेता महरले भने–‘झुटो नाराले भ्रम त छर्न सकिन्छ तर मुलुक चलाउन सकिदैन भन्ने पुष्टि भएको छ ।’ सरकारको कार्यशैलीका सन्दर्भमा बोल्दै नेता महरले थपे–‘नागरिक सिटामोल पाइरहेका छैनन्, प्रधानमन्त्री मुलुकमा आमुल प्रगतिको भ्रम छर्छन् ।

 

नेता महरले नेकपाका लज्जाष्पद राजनीतिक गतिबिधीले नागरिकमा व्यवस्थाप्रति नै बितृष्णा फैलिरहेको बताए । महरले भने–जनताले दुई तिहाई मत दिएर सरकारमा पठाए तर सरकारले के ग¥यो नेकपाकै अध्यक्ष प्रचण्डले सचिवालयमा ल्याएको प्रतिवेदन पढे हुन्छ ।
‘सरकार असफल भएको कुरा कांग्रेस लगाएको आरोप मात्रै होइन, नेकपाकै दस्तावेजले पुष्टि गरेको छ । नेता महरले भने– कम्युनिष्टको असली चरित्र यही हो, यिनीहरुबाट देश बन्ने कुरामा कसैले पनि भ्रम नपाले हुन्छ ।

 

पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रका चिनिने नेता महरले कांग्रेसको सरकारमा सहभागीता बारे सञ्चारकर्मीको जिज्ञासाका क्रममा कांग्रेस जनताको म्याण्डेडभन्दा कहिले बाहिर नजाने जिकिर गरे । ‘खुमलटारका मान्छेलाई तर्साउन बालुवाटारबाट गरिएको हल्लाका पछाडि नलागौं, कांग्रेसले जनादेशको अपमान गर्न सक्दैन ।’ महरले अगाडि भने प्रमुख प्रतिपक्षी दलका नेताले प्रधानमन्त्रीलाई भेटेर मुलुकका बिद्यमान समस्या बारे सचेत गराउनुलाई नेकपाको अन्तर राजनीतिसँग जोड्नु उचित होइन ।’ युनियनका उपाध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका गोपाल शर्मा भट्टराईले स्वागत मन्तव्य र सहजीकरण कोषाध्यक्ष प्रकाश डाँगीले गरेका थिए।

यसअघि महरले नेपाली काङ्ग्रेस दाङका क्षेत्रीय सभापति स्वं. रेशम बहादुर भण्डारीको परिवारलाई भेट गरि समबेदना प्रकट गरेका थिए भने नेपाल शिक्षक संघका पुर्ब केन्द्रीय उपाध्यक्ष स्व. चिन्ता बहादुर बुडाथोकीको निवास नारायणपुरमा पुगि परिवारजन प्रती समबेदना प्रकट गरेका थिए ।