२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

दाङ लगायत देशभर आज देखि महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सवैको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ दाङ लगाएत देशैभर महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो। दाङका दशवटै पालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी अभियान सुरु गरेको बताइएको छ ।

पश्चिमदाङको शान्तिनगर गाउँपालिकाले पनि एक कार्यक्रमका विच महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । गाउँपालिको आयोजनामा भएको कार्यक्रममा महिला अधिकार सम्वन्धि काम संघ संस्थाको पनि सहभागिता रहेको थियो । गाउँपालिका, महिला अधिकारकर्मी तथा स्थानियहरुको सहभागीतामा ¥यालीमा पनि निकालिएको थियो ।

बबईमा पनि महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमका विच सुरु भएको बताइएको छ ।

यस्तै दाङका १० वटै पालिकामा विभिन्न कार्यक्रम गरेर महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु बताइएको छ ।