२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

५ वर्ष मुनिका बालबालिकालाई आज र भोली भिटामिन ए खुवाईने

५ बर्ष मुनिका बालबालिकालाई आज र भोली भिटामिन ए, जुकाको औषधी र बालभिटा खुवाईने भएको छ ।

प्रत्येक वर्षको दुई पटक छ\छ महिनाको फरकमा बालबालिकालाई भिटामिन ए,जुकाको औषधी र बालभिटा खुवाउने गरिन्छ । सोहि अनुसार छ महिना देखी ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाईन्छ ।

राष्ट्रिय कार्यक्रम अनुसार नै चालु आर्थिक बर्षको पहिलो चरणमा आज विहिवार र भोली शुक्रवार दुई दिन सम्म खुवाईने भएको छ । दाङमा भने साढे ५८ हजार बालबालिकालाई भिटामिन ए खुवाउने तयारी थालिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लाभर रहेका ५८ हजार ५ सय ७१ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने योजना रहेको कार्यालयले बताएको छ ।

भिटामिन ए संगै एक वर्ष देखी पाँच वर्ष मुनिका ५१ हजार पाँच सय ६९ जना बालबालिकालाई जुकाको औषधी र छ महिना देखी २३ महिना सम्मका १९ हजार सात सय ६७ जना बालबालिकालाई बालभिटा खुवाउने तयारी गरिएको छ ।