२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

९४ हजार नगद सहित ८ जना जुवाडे प्रहरीको नियन्त्रणमा

फाइल तस्वीर ।

प्रहरीले दाङको देउखुरीबाट ९४ हजार नगद रकम सहित ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको भुषाल होटलमा जुवा खेली रहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलिले ती जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले गएराती साढे आठ बजे तिर ९४ हजार नगद रुपैयाँ सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी टोप बहादुर बिसी,हरि भन्डारी, सन्दिप अधिकारी, खिम बहादुर बुढा, होमराज रिजाल, किशोर सिंह ठकुरी, मुरली यादव र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी होटल संचालक डिल्लीराज भुषाल रहेका छन ।