२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

दाङमा एक व्यक्ति पाँचवटा गोलीको छर्रा लागेको अबस्थामा फेला

सांकेतिक तस्वीर ।

दाङमा एक व्यक्ति पाँचवटा गोलीको छर्रा लागेको अबस्थामा फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहखुटी निवासी खुलसराम पौडेल पाँचवटा गोलीको छर्रा लागेको अबस्थामा फेला परेका हुन। अमेलियाको चाउखोला नजिक बुधबार राति साढे ९ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

पौडेलकको ढाडको पछाडी तीन ठाउँमा र तिघ्रामा दुई वटा गोलीको छर्रा लागेको जस्तो देखिएको छ । घाइते पौडेललाई नेपालगञ्जको नर्सिङ होम सामान्य उपचार पछि थप उपचार भारतको लखनऊमा भैरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । घटना के कारणले भएको भन्ने अनुसन्धान भैरहेको छ ।