२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

गुडिरहेको ट्रकमा आगलागी

दाङमा गुडिरहेको ट्रकमा आगलागी भएको छ ।

घोराही सिमेन्ट उद्योगबाट नेपालगञ्ज बाँके तर्फ जादै गरेको लु २ ख १०२७ नम्बरको ट्रकमा गए राती घोराही उपमहानगरपालीका ३ मसोटमा स्थित आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नष्ट भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार वाईरिङ तार सर्ट हुदा आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।