२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

महिलामाथि सामूहिक बलात्कार

सांकेतिक तस्वीर ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा बुधबार राति एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

स्थानीय ३० वर्षकी महिलामाथि मेला हेरेर फर्किएका युवाहरुले सामूहिक बलात्कार गरेको उजुरी परेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

‘मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिलामाथि बलात्कार गरेको भन्ने उजुरी आएको छ’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौ ।’

घटनामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ३० वर्षका टेक दमाईंलाई पक्राउ गरेको छ ।