२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

मतदानका लागी रिजालको अपिल

हामी विश्वव्याधिका रुपमा फैलिइरहेको कोभिड—१९को संक्रमणबीच पनि उद्योग वाणिज्यसंघको ५४औं साधारणसभा तथा अधिवेशनमा आगामि कार्यकालकालागी नयां नेतृत्व चयनको अन्तिम तयारीमा छौं । नयां नेतृत्व चयन गर्न र आम व्यवसायीहरुका अर्थपुर्ण एजेण्डाहरुलाइ स्थापित गर्नका लागी राजधानीमा भेला भएका छौं ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाइ छिचोल्दै नयां नेतृत्व चयन गर्न आतुर आम जिल्ला उद्योग वाणिज्यसंघ एवं नगर उद्योग वाणिज्यसंघका संपुर्ण नेतृत्व साथीहरुलाइ मेरो हार्दिक अपिल सार्वजनिक गर्न चाहन्छु । कोरोना भाइरसले विश्वकै अर्थतन्त्र ओरालो लागीरहेको अवस्थामा हामीपनि अछुतो रहन सकेका छैनौं । तैपनि कोरोना भाइरसको संक्रमणले थलापारेको मुलुकको अर्थतन्त्रलाइ उकास्नु हामी आम व्यवसायीहरुको सामुहिक दायित्व हो ।

हामी साना, मझ्यौला देखि ठुला व्यवसायीहरुबीचको सहकार्यले मात्र मुलुकको अर्थतन्त्र सवलीकरण र वैदेशिक व्यापारघाटाको अवस्थामा सुधार हुने हो । त्सकालागी सवल नेतृत्व चुन्नकैलागी हामी अधिवेशनको अन्तिम तयारीमा जुटेका छौं । यसै सन्दर्भमा मैले पनि खुल्लातर्फ केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएको आम व्यवसायीहरुलाइ जानकारी गराउन चाहन्छु ।

हामीले राज्यलाइ कर तिरेका छौं, त्यसैले व्यवसायीक सुरक्षा हाम्रो अधिकार हो । त्यसकालागी राज्यसंग अहोरात्र वकालत गरीरहनेनै छौं । दोहोरो कर तथा एम्वुश कर हामीलाइ स्वीकार्य छैन, त्यसलाइ हटाउन हामीले संगठित भएर आवाज उठाउनै पर्दछ । सानो ढेव्लीमा व्यावसाय गर्ने होस वा ठुला मल र डिपार्टमेन्टल स्टोर सन्चालन गर्ने व्यवसायी र ठुला उद्योगीहरु सवैका समस्यालाइ समाधानगर्न एउटा सवल नेतृत्वको अपेक्षा स्वाभाविकै हो ।

हाम्रो श्रमबजार सस्तो छ, त्यसैले पनि यहां उत्पादनमुलक उद्योग सन्चालन हुन सके हाम्रो धेरै पुजि विदेश जान पाउदैन । आन्तरीक रोजगारीको बृद्धि मेरो अर्को एजेण्डा हो । राजधानीदेखि हरेक ग्रामिण बस्ती सम्म पनि उद्योग स्थापना र सन्चालन हुनुपर्दछ । हामी सहलगानीको प्रतिवद्धता सहित गैरआवाशिय नेपालीहरुलाइ पनि हरेक क्षेत्रमा स्वागत गर्न तयार छौ । विगत लामो समयदेखि व्यापार व्यवसायमा आवद्ध भै तुलसीपुर उद्योग वाणिज्यसंघको अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरीसकेको यहांहरु सवैलाइ अवगत गराउन चाहन्छु ।

हामी उद्योगी व्यवसायीहरुको छातासंगठनलाइ राजनितिक आवरण वाहिर राख्न चाहन्छौं, कुनैपनि अनैतिक राजनितिक हस्तक्षेपका विरुद्ध हामी जुधारु भएर अघि बढ्ने पनि मेरो प्रतिवद्धता हो । अतः यो विश्वव्याधीकाबीच पनि सम्पन्न हुन थालेको अधिवेशनमा म केन्द्रिय सदस्यको उम्मेदवार विमल रिजाललाइ मतदान गर्न हार्दिक अपिल गर्दछु ।

विमल रिजाल
केन्द्रिय सदस्यका प्रत्यासी, नेपाल उद्योग वाणिज्य महासंघ