२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो

सांकेतिक तस्वीर ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ सय नाघेको छ । गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ सय १२ पुगेको हो ।

पछिल्लो समय कोरोनाको गम्भीर लक्षण देखिएका व्यक्ति होम आइसोलेशनमा बस्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् । उनीहरुले लक्षण देखिएमा उपचारका लागि अस्पताल जान सुझाव दिँदै आएका छन् ।

यस्तै गएको २४ घण्टामा १४ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिलेसम्म दुई लाख नौ हजार चार सय ३५ जनाले कोरोनालाई जितेका छन् ।

यस्तै गएको २४ घण्टामा नौ हजार चार सय ९१ जनाको नमुना परीक्षण गर्दा १६ सय १४ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार सात सय ९३ छ ।