२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

झारफुकको नाममा बलात्कार, मुस्लिम धर्मगुरू पक्राउ

तस्वीर : सेतोपाटी ।

सिराहामा झारफुकको नाममा बलात्कार गरेको आरोपमा मुस्लिम धर्मगुरू पक्राउ परेका छन्।

सिराहाको लहानबाट मुस्लिम धर्मगुरू मौलवी (हजरत)लाई पक्राउ गरिएको सिराहाका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिए।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका वडा नं. १० महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसन रहेको एसपी पँजियारले बताए।
मौलवी लहानमा डेरा गरी बस्दै आएका थिए।

जबरजस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालयमार्फत् अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान थालेको सिराहा प्रहरीले जनाएको छ।

मंगलबार साँझ लहान नगरपालिका वडा नं. ७ की २३ वर्षीया मुस्लिम युवती सामान्य बिरामी परेपछि आफ्नो जातीय धर्मगुरूसँग झारफुक गराउन मौलवीको डेरामा पुगेकी थिइन्।

मौलवीले झारफुकको नाममा बलात्कार गरेका भन्दै ती युवतीले आफ्नो परिवारजनलाई भनेपछि घटना प्रहरीमा पुगेको हो।

प्रहरीले मौलवीलाई लहान नगरपालिका वडा नं. १० बाट मंगलबार राति नै नियन्त्रणमा लिएको हो।

-सेतोपाटीबाट ।