२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

शान्तिनगरमा वडा कार्यालय सार्ने निर्णय विरुद्ध स्थानिय आन्दोलित

शान्तिनगर गाउँपालिका वडा नम्बर ३ को कार्यालय चिराघाटबाट पातेटाकुरा सार्ने निर्णय वडाले गरेपछि स्थानीय नागरिक त्यसका विरुद्धमा आन्दोलित भएका छन् ।

गत मंगलबार वडा कार्यालय सार्ने निर्णय वडाले गरेपछि स्थानीयले जनताको भावना बिपरित र अपाएक पर्ने ठाउँमा वडा कार्यालय सार्न लागेको भन्दै विहिवार वडा नम्बर ३ का वडा अध्यक्ष बुद्धिराम तिवारी लाई ज्ञापन बुझाएको छ।

संघर्ष समितिका संयोजक तेजराम पौडेलको नेतृत्वमा गएको झन्डै दुई सय संख्यामा रहेका स्थानीयले अध्यक्ष तिवारी लाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा भनिएको छ तीन दिन भित्र जनप्रतिनिधिले वडा कार्यालय सार्ने निर्णय सच्याउनु पर्ने र सबै नागरिक लाई पायक पर्ने स्थानमा वडा कार्यालय हुनुपर्ने भनिएको छ। यदि निर्णय नसच्याएर आफुहरुको मागलाई व्यवास्ता गरेमा थप शसक्त संघर्षका कार्यक्रमहरु गरिने संघर्ष समितिले चेतावनी दिएको छ ।