घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासीकको समिक्षा गरेको छ । कोरोना कहरका बिच सुरु भएको आर्थिक बर्षको पहिलो चार महिनामा गरेका कामको सार्वजनिक, समिक्षा र कामलाई थप तिब्रता दिने बिषयमा छलफल गरेको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सूचना अधिकारी भिमबहादुर चौधरीले पहिलो चौमासीकमा गरेका कामका बारेमा जानकारी गराउनुभयो । उहाँले नगरको कूल पूजीगत तर्फ १५ प्रतिशत काम भएको जानकारी दिनुभयो । टेण्डर प्रकृया सकिने क्रममा रहेको र उपभोक्ता समिति गठन धमाधम भैरहेको उल्लेख गर्नुभयो । नगरको सूचना तथा सञ्चार प्रविधी शाखाले आयोजना गरेको समिक्षा कार्यक्रममा नगर प्रमुख चौधरी पहिलो चौमासीकको तुलनामा अब दोस्रो चौमासिकका कामलाई तिब्रता र गुणस्तरीयता दिन निर्देशन दिनुभयो । चालु आर्थिक बर्षका लागि तय भएका कार्यक्रम र बजेटको सहि सदुपयोग तथा सम्पादनमा शाखा महाशाखा र वडा कार्यालयहरुलाई निर्देशन दिनुभएको हो । साथै नगरबासीहरुलाई पनि उहाँले आफ्ना ठाउँमा परेका योजनाहरुलाई समयमै सक्न र गुणस्तरीय बनाउन विषेशरुपले लाग्न आग्रह गर्नुभयो ।
त्यसैगरी, नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले योजना सम्झौता र कार्यान्वयनको पक्षलाई समय अनुसार अघि बढाउन निर्देशन दिनुभयो । कसरी गुणस्तरीय र दिगो काम गर्न सकिन्छ भन्ने तर्फ बिषेश ध्यान दिएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले कार्यपालिकाले कुन मितिमा के काम गर्ने भनि निर्णय गरेर शाखा महाशाखा र वडामा परिपत्र गरि सकेको जानकारी दिनुभयो ।
कार्यक्रमको सहजिकरण सूचना प्रविधी अधिकृत विमल अग्रहरीले गर्नुभएको थियो ।।