राप्ती गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय दिवसका अवसरमा नियमित तथा आकस्मीक कार्यक्रम सञ्चालन गर्ने उदेश्यका साथ सरोकार वाला सहित बैठक सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका न्यायीक समिति संयोजक तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा बसेको बैठकले लैङ्गिक हिंसा बिरुद्ध अन्तरक्रिया, लैङ्गिक हिंसामा परेका लाई सहयोगी समाग्री वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।
राप्ती गाउँपालिका न्यायीक समिति, निगरानी समुह, प्रहरी, लैङ्गिक हिंसा विरुद्ध काम गर्दै आएका संघसंस्था नामसालीङ, माहुरीहोम, बगर कृषि सरकारी, मिलाप कृषि सहकारी लगायत प्रतिनिधिहरुको सहभागीतामा १६ दिने अभियानमा सम्पन्न गर्ने निर्णय गरिएको छ ।