२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

गणेशपुर पार्क नजिकै ‘द जंगल रेष्ट्रो’

दाङ तुलसीपुरका तीन जना युवाले पर्यटकिय स्थल राप्ति शान्ति उद्यान (गनेशपुर पार्क) नजिकै सामुहिक लगानीमा ‘द जंगल रेष्ट्रो एण्ड बार’ संचालनमा ल्याएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी प्रभात भण्डारी, प्रकास भण्डारी र अमर रिजालको संयुक्त लगानीमा द जंगल रेष्ट्रो एण्ड बार संचालनमा आएको हो ।

करिब ५५ लाखको लागतमा रेष्टुरेण्ट संचालनमा आएको संचालक प्रभात भण्डारीले जानकारी दिए । रेष्ट्रोमा अहिले प्रत्यक्षरुपमा सात जनाले रोजगारी पाएका छन् ।

यसैबिच रेष्टुरेण्टको शुक्रबावर उद्घाटन गरिएको छ । रेष्टुरेण्टको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर केसीले रेष्टुरेण्टले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।

संचालक अमर रिजालको अध्यक्षता तथा वडा अध्यक्ष केसीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य हेमराज गौतमको विशिष्ठ आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण पत्रकार बसन्त पौडेलले गरेका थिए ।