पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान’ आग्रह गरेका छन्।
विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भरौं; न कि रिसको झोंकमा आधा भरिएको गिलास घोप्ट्याएर पूरै गिलास खाली होस् !’
अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाँसो नबिर्सन र दुबैसँग लडेर अघि जाने साहस गर्न पनि उनले आग्रह गरेका छन्।