भारत र पाकिस्तान बिचको द्वन्द्वको कारण जम्भु –कश्मीरको भिडन्तमा ज्यान गुमाएका नेपाली गोर्खा सैनिक दाङ तुलसीपुरका मृतक प्रेम वहादुर केसीको शव घर ल्याइएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा घर भएका बर्ष ३० का प्रेम बहादुर केसिको मङ्सिर १२ गते पाकिस्तानी सैनिकको आक्रमणमा परि ज्यान गएको हो ।
मृतक केसी १४ बर्ष अघि ईन्डियामा गोरखा सैनिकमा भर्ति भएका थिए । परिवारमा उनको बुवा आमा श्रीमती र दुई छोराछोरी रहेका छन् ।