२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

दाङमा माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीप–२०२१ हुँदै

दाङमा रहेको हाईटेक कम्प्युटर इन्स्टिच्युटले विद्यार्थीलाई यसवर्ष माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा लैजाने भएको छ । इन्स्टिच्युटले मापदण्ड पुगेका दाङका सबै विद्यार्थीलाई च्याम्पियनसीपमा सहभागी गराउने भएको हो ।

जिल्ला स्तरीय प्रतियोगिता संचालन गर्नको लागि इन्स्टिच्युटले दाङ जिल्ला भित्र रहेका सम्पूर्ण विद्यालय तथा कलेजसंग सहकार्य गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहानेहरुको लागि रजिष्टे«शन पुस १ गते देखि हुने हाईटेक कम्प्युटर इन्स्टिच्युटले जनाएको छ ।

प्रतियोगितामा १३ वर्ष पूरा भई २२ वर्षसम्मको जो कोही सहभागी हुन सक्ने हाईटेक कम्प्युटर इन्स्टिच्युटका संस्थापक यामबहादुर सोतीले बताएका छन् । अघिल्लो वर्ष १३ देखी १८ वर्ष उमेर समूहलाई प्रतिस्पर्धा गराईएको उनले जानकारी दिए । प्रतियोगिता जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तहमा संचालन हुने गर्दछ । जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्ला स्तरीय विजेताहरु नेशनल च्याम्पियनसीपका लागि काठमाण्डौ जानेछन् ।

काठमाण्डौमा ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना बिजेताहरु बीच प्रतिस्पर्धा हुनेछ । काठमाण्डौबाट प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी वल्र्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् । माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीपमा विद्यार्थीलाई सहभागी गराउनका लागि हाईटेक कम्प्युटर इन्स्टिच्युट दाङ जिल्लाको अधिकारीक संस्था हो ।

के हो माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीप ?

माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीप एक ग्लोबल कम्पीटिसन हो । जसले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गराउनुका साथै विद्यार्थीलाई माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउँदछ ।
माईक्रोसफ्ट सर्टीफिकेशन एक अन्तराष्ट्रिय प्रमाण पत्र हो ।

विगत १८ वर्ष देखी यस च्याम्पियनसीप भैरहेको र सन् २०२० मा १३५ देशका १० लाख भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा यस अघि २०१३ मा वल्र्ड च्याम्पियनसीपको उपाधि नेपालका हिमाल श्रेष्ठले हाँसिल गरेका थिए ।