प्रवासमा एक सातामा कोरोनाका कारण ६ जना नेपालीको मृत्यु भएको छ । यससँगै विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या २९९ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा मात्रै ४ जना, पोर्चुगल र युकेमा एकरएकजना नेपालीको कोरोनाले मृत्यु भएको हो । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको छ ।
समितिका संयोजक डा। सन्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
शनिबार साँझसम्मको रिपोर्टअनुसार विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१ प्रतिशत हो ।