२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दुई समूहबीच झडप हुँदा बाँकेमा १ जनाको मृत्यु, ९ घाइते

सांकेतिक तस्वीर ।

बाँकेमा दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।

सोमवार बेलुका जिल्लाको जानकी गाउँपालिका वडा नं. ५ बनियाँ गाउँमा यादव र गुप्ता समूहका बीचमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परि स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ।

उनको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिए।

मृतक यादवको टाउकोमा गहिरो चोट लागेको थियो।

पूर्णिमाको अवसरमा सोमबार बेलुका गुरुवा गाउँ मेला लागेको थियो। सोही मेलामा पुगेका बाबुलाल यादवको समूहले पुरानो रिसीबी कारण नरेश गुप्तामाथि बेलुका ६ बजेतिर कुटपिट गरेका हुन्। त्यसपछि थप दलबलसहित पुगेका दूई समुहका बीचमा हात, खुट्टाका साथै लाठी, भाटाले समेतले कुटाकुट भएको डिएसपी खड्काले बताए।

घाइते ९ जनाको बाँकेमा उपचार भइरहेको डिएसपी खड्काले जानकारी दिएका छन्।