२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

सांकेतिक तस्वीर ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका १ मा से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित मोटरसाइकलमा सवार बर्दोगोरीया गाउँपालिका६ का ४६ वर्षीय रमेश बिस्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बिस्टको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते रहेका बिस्टलाई टीकापुर अस्पतालबाट थप उपचारको लागि कोहलपुर रेफर गरेको र कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।