२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

तुलसीपुरमा ब्राउन सुगरसहित एक जना पक्राउ

फाइल तस्बिर ।

दाङको तुलसीपुरमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहागनरपालिका–६ हात्तीखौवामा डेरा गरेर बस्ने २४ बर्षका राजेश नेपालीलाई ३ सय ११ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

आरोपीलाई उनी बस्दै आएको डेराबाट पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।