२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

सुनचाँदीको भाउमा सामान्य बृद्धि

फाइल तस्वीर ।

सुनचाँदीको भाउमा सामान्य बृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुन तोलाको ९१ हजार कायम गरेको छ । हिजो मंगलबार तोलाको ९० हजार ५ सय थियो भने सोमबार ९० हजार थियो । आइतबार भने तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै बढेर ९० हजार ५ सय ५० कायम भएको महासंघले जनाएको छ ।

यसैगरी चाँदीको भाउ एकैदिन तोलामा ३० रुपैयाँले बढेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको ११ सय ८५ रुपैयाँ कायम गरेको जनाएको छ ।