२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

निकुञ्जमा पहिचान नखुलेको शव फेला

सांकेतिक तस्वीर ।

बर्दिया राष्ट्रिय निकुञ्जको लालमटियामा पहिचान नखुलेको शव फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय, भुरीगाउँ बगनाहाका अनुसार निकुञ्जको ठाकुरबाबा नगरपालिका—२ लालमटियास्थित सडेको अवस्थामा शव फेला परेको हो ।

ईप्रका भुरीगाउँका प्रहरी निरीक्षक कविराज रोकायका अनुसार शवको प्रकृति हेर्दा पुरुषजस्तै देखिएकोले बुधबार शव परीक्षणका लागि बर्दिया अस्पताल पठाइएको छ ।