लागु औषध ट्याबलेटसहित तुलसीपुर प्रहरीले बस सह–चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१९ अकासी घर भएका रा १ ख १६८२ नम्बरको बस सहचालक २५ बर्षका देवबहादुर खड्का रहेको प्रहरीले बताएको छ ।
खड्काको साथबाट प्रहरीले निट्राजिपाम ३ सय ४५ ट्याबेलट र ट्रामाडोल हाइड्रोक्लोराइड एक सय २० क्याप्सुल बरामद गरेको छ ।
लागु औषध बिक्री बितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा पिछा गरेको प्रहरीले नेपालगंजबाट तुलसीपुरको बसपार्क तर्फ आउँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी निरीक्षक झबिन्द्र परियारको कमाण्डमा खेटेको प्रहरीले बसपार्कबाट पक्राउ गरेको हो ।