२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

बनेका कानुन कार्यान्वयन हुनुपर्नेमा जोड

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

शाखा उपसभापति तुलसीराम सुनारको सभापतित्व, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्य तथा समाजका केन्द्रीय महासचिव सुशील बस्नेतको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा शारीरिक अपाङ्ग रोशन गिरीलाई सम्मान गरिएको हो ।

कार्यक्रम सम्बोधन गर्नु हुँदै नगरप्रमुख पाण्डेले एक स्वंयमसेबी संस्था मानव अधिकार तथा शान्ति समाजले शान्ती, लोकतन्त्र, अहिँसा , समाजिक न्यायका लागी खेलेको भुमिकाको खुलेरै चर्चा गर्नु भएको थियो ।

सो अवसरमा शान्ती समाजका केन्द्रिय महासचिव सुशील बस्नेत, दाङ शाखा पुर्ब सभापति सुरेश श्रेष्ठ , शान्ति समाज सल्यानका पुर्ब सभापति शिबशंकर गिरी, अपाङ्गताको तर्फबाट तिलसरा पुन, यज्ञ बिक, रजनी शाह, हुमाकन्त कँडेल, पत्रकार गोपाल शर्मा भट्टराई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा स्वागत मन्तव्य सहसचिव उषा गौतम र सहजीकरण सचिब निर्मला योगीले गर्नु भएको थियो ।