२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

घोराहीमा राजतन्त्रको पक्षमा प्रदर्शन

दाङको घोराहीमा बिहीबार राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको छ ।

घोराहीको ट्राफिक चोकबाट मोटरसाइकल र कारसहित नेपालको राष्ट्रिय झण्डा बोकेर र्याली निकालिएको हो।

र्‍यालीमा सहभागीहरुले ‘राजा आउ देश बचाउ,’ ‘गणतन्त्र चाँहिदैन’, ‘हिन्दु राज्यसहितको राजतन्त्र चाहिन्छ’ जस्ता नारा लगाएका थिए भने राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापनाको समेत माग गरेका थिए ।

घोराहीको ट्राफिक चोकबाट सुरु भएको र्याली घोराहीको तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।