नेपाली कांग्रेसका नेता स्वर्गीय रेशम बहादुर भण्डारीको निधनको १३ औ दिनको पुन्य तिथिमा नेपाली कांग्रेस दाङले आज शोक सभा सम्पन्न गरेको छ । शोक सभा नै गरेर पुर्ब क्षेत्रिय सभापति समेत रहेका काङ्ग्रेस नेता स्वर्गीय भण्डारीलाइ काङ्ग्रेस दाङले सम्झिएको हो ।
काङ्ग्रेस दाङका सभापति किर्ति बहादुर खड्काको सभापतित्वमा आयोजित शोक सभामा बोल्ने बक्ताहरुले पार्टी र जनप्रतिनिधिको भुमिकामा रहँदा स्वर्गिय भण्डारीले पुर्याउनु भएको योगदानको चर्चा गर्दै नेपालि कांग्रेसले एक आदर्शबादि नेता गुमाएको बताएका थिए । प्रधानपन्च, गाबिस अध्यक्ष हुँदै पार्टीको क्षेत्रिय सभापतिको जिम्मेवारिमा हुँदा उहाँले सबैको मन जित्न सफल भएको बक्ताहरुले चर्चा गरे ।
शोक सभामा काङ्ग्रेस सल्यानका पुर्ब सभापति ध्रुबराज पुरि, काङ्ग्रेस नेता केशवराज आचार्य, राप्रपाका नेता प्रेम बहादुर भण्डारी,काङ्ग्रेस दाङका सचिब टेक बहादुर वली, काङ्ग्रेस क्षेत्र नम्बर ३ का सभापति जगत बहादुर खड्का, क्षेत्र नम्बर ३ ख क सभापति खिम बहादुर वली, काङ्ग्रेस नेतृ देबिका नेपाली, तरुण दल दाङका अध्यक्ष टीका घर्ती, तुलसीपुर ११ क पार्टी इकाइ सभापति बोधिलाल भण्डारी, तुलसीपुर ११ का वडा अध्यक्ष चित्र बहादुर वली, साबिक उरहरिका पुर्ब गाबिस उपाध्यक्ष ओपेन्द्र गौतम लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाली काङ्ग्रेसका नेता समेत रहेका संविधान सभा सदस्य तथा स्वर्गीय भण्डारीका भाइ बुद्धिराम भण्डारीले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण काङ्ग्रेस युबा नेता तथा काङ्ग्रेस दाङका सचिब शंकर प्रसाद डाँगिले गर्नुभएको थियो ।