तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोधमा तुलसीपुमार प्रदर्शन गरिएको छ ।
नेपाल तरुण दल र नेविसंघको संयुक्त आयोजनामा तुलसीपुरमा प्रदर्शन गरिएको हो । तुलसीपुरका विभिन्न स्थानमा गई विपि चौकमा आई कोण सभामा परिणत गरिएको थियो ।
कोण सभामा नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि केशब आचार्य, नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्ती, तरुण नेता मुक्ति न्यौपाने, राप्ति बबई बहुमुखी क्याम्पस तुलसीपुरका स्वविय सभापति अनिल कार्की लगायतले बोलेका थिए । उनिहरुले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै आलोचना गरे । बलत्कारी, हत्यारा र तस्करहरुको संरक्षण गर्ने प्रहरी प्रशासनले कांग्रेस नेता पौडेललाई पक्राउ गरेर आफ्नो बेइज्जत आफैं गरेको बताए ।