२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पसलमा ढुङगा हान्ने नगर प्रहरी प्रमुख पक्राउ

 

दाङ घोराहीको एक पसलमा ढुङगा हान्ने नगर प्रहरी प्रमुख पक्राउ परेका छन् । मदिरा सेवन गरि बिहीवार राति १० बजेतिर घोराही शहिद गेट नजिकै रहेको शर्मा मोवाईल पसलमा ढुँगा हान्ने घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख रुद्रप्रशाद पन्थी पक्राउ परेका छन् ।

पन्थीको ढुँगा प्रहारवाट मोवाईल सञ्चालकको टाउकोमा चोट लागेको छ । मदिराले मातेका पन्थी मोवाईल पसलमा चुरोट माग्न गएको र पसलेले मोवाई पसलमा चुरोट पाइदैन भन्ने कुरा गरेपछि आवेगमा आएर सडकको ढुँगाले पसलमा आक्रमण गरेको प्रहरी अधिकारीले बताएका छन् ।

पन्थीले आफु नगर प्रहरी प्रमुख भएको तथा आफ्नो चिनजान र पहुँच माथिसम्म रहेको भन्दै पसलेलाई डर धम्कि दिदै आक्रमण गरेको पसल सञ्चालकले आरोप लगाएका छन् । नगर प्रहरी प्रमुखले मापसे गरि रातिमा होहल्ला गरिरहेको र पसलमा ढुँगा समेत हानेको भन्ने गुनासो पछि उनलाई पक्राउ गर्नु परेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

यसैबीच पन्थीको ढुंगा आक्रमणवाट घाइते भएका पसल सञ्चालक ३७ बर्षीय श्यामसुन्दर शर्माले जिल्ला प्रहरी कार्यालय घोराही पुगेर शुक्रवार पन्थी विरुद्ध लिखित जाहेरी दिएका छन् ।

उनको निवेदनमा पन्थीले आफुलाई सार्वजनिक स्थलमा गालीगलौज तथा कुटपिट गरेको भन्दै जाहेरी दिएको एक प्रहरी अधिकारीले बताए । प्रहरीले पन्थी विरुद्ध अभ्रद व्यबहार शिर्षकमा मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले पन्थीमाथि कसुर अनुसार कानुनी कारवाही हुने जानकारी दिए ।