२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

‘सीमा समस्या समाधानमा वीपीको ठूलो योगदान छ’ : चीन

नेपालस्थित चिनियाँ दूताबासले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लेखेको पत्र फेला परेको छ । हुम्लामा चीनले नेपाली भुभाग मिचेको भन्दै नेपाली कांग्रेसले आवाज उठाइरहेका बेला चिनियाँ दूताबासले कांग्रेसलाई चार पृष्ठ लामो पत्र लेखेको हो ।

कांग्रेस कर्णालीका सभासद् जीवनबहादुर शाहीले स्थलगतरुपमा तयार पारेको प्रतिवेदनका आधारमा नेपाली कांग्रेस सीमा मिचेको निष्कर्षमा पुगेको थियो । तर, नेपाल सरकार र चिनियाँ दुतावासले भने यसलाई ठाडै अस्वीकार गरेका छन् ।

चीनले सीमा मिचेको भन्दै नेपाली कांग्रेसले औपचारिक वक्तव्य नै निकालेर आपत्ति जनाएपछि चिनियाँ दूताबासले कांग्रेसलाई पत्र पठाएको हो ।