२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

कोरोनाबाट तुलसीपुरका पुर्व शिक्षकको मृत्यु

सांकेतिक तस्वीर ।

तुलसीपुरका थप एक कोरोना संक्रमितको कोहलपुरमा शनिवार विहान निधन भएको छ ।

तुलसीपुर १८ बस्ने ७३ बर्षिय ओप बहादुर डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको तुलसीपुर कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

उनीमा निमोनिया र दिर्घरोगीको समस्या रहेको थियो ।कोरोना आसंकामा गएको आईतवार कोरोना परिक्षण गराउदा संक्रमण पुष्टि भएको थियो ।

उनी महेन्द्र माध्यामीक विद्यालय तुलसीपुरका पुर्व शिक्षक समेत रहेका थिए ।

यो संगै तुलसीपुरका कोरोना संक्रमितको निधन हुनेको संख्या १८ पुगेको फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।