२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

दाङमा स्कार्पियो दुर्घटना हुँदा १ जनाको मृत्यु, २ गम्भीर घाइते

सांकेतिक तस्वीर ।

दाङमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने थप दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा सोही ठाउँका ३६ वर्षीय उमाकान्त घिमेर र घोराही-१५ का ३६ वर्षीय समीर पन्त घाइते छन्।

गम्भीर घाइते अधिकारीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए। घाइते घिमिरे र पन्तलाई घोराहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ।

शनिबार अपराह्न ५ बजेतिर घोराहीतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२-च ६३६९ नम्बरको स्कार्पियो अनियन्त्रित भई घोराही १७ सिस्ने खोलामा सडक किनारमै पल्टिएको थियो।

घटनास्थल मुर्कुटी सडकखण्डमा पर्छ। यो दाङ-रोल्पा सडकखण्ड हो।