दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका १४ निवनसी ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण वलीले जानकारी दिए ।
मंसिर १६ गतेदेखि अस्पतालको आईसियुमा उपचाररत ती पुरूषको मंगलबार विहान साढे १ बजेतिर मृत्यु भएको हो ।उनमा निमोनिया पनि थियो । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।