२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ ।