प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्ने हो भने सबै ठीक हुने कांग्रेस नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो । कांग्रेस नेताहरुले भने अहिलेको सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति असन्तुष्टि भएको बताएका छन् ।
यस्ता प्रवृत्तिहरुले व्यपकता लिने नलिने सरकारको गतिविधिमा भरपर्ने कांग्रेसले बताएको छ ।
बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको बताएको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको विरोध गर्नुका साथै संसदको बैठक तत्काल बोलाउन समेत माग गरेको छ ।