२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

कोरोना कारण बबईमा एक महिलाको मृत्यु

सांकेतिक तस्बिर ।

दाङको बबई गाउँपालिकामा एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

बबई गाउँपालिका वडा नम्बर ४ निवासी ७२ वर्षिया महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डिमा मृत्यु भएको बबईका कोरोना फोकल पर्सन शरदराज गिरीले जानकारी दिनुभयो । आज विहान साढे ७ बजेतिर उनको मृत्यु भएको हो ।

मंसिर १९ गतेदेखि आइसियूमा उपचारारत महिलामा दम, उच्च रक्तचाप, सुगर, निमोनिया रहेको थियो ।

योसंगै कोरोना विशेष अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।  जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ भने बबई गाउँपालिकामा  कोरोना कारण मृत्यु हुने उनि पहिलो हुन ।